डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते
काठमाडौं । डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बसमा सवार सबै यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धनगढीबाट दिपायल जाँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस समूहगाडमा आज बिहान ५ बजेतिर दुर्घटना भएको हो ।
घाइतेहरूको उद्धार गरिएको र अहिले राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
