sevenstartv.com ९ चैत २०८२, सोमवार

गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी स्कुटर चालक दोलखाकी २३ वर्षीय युवती

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ । दुर्घटनामा दोलखाको मेलुङ ४ की २३ वर्षीय सुस्मा नेपालीको मृत्यु भएको  हो । सुस्मा चलाएको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले ठक्कर दिएको थियो ।

उनी ट्रकको चक्कामुनि परेकी थिइन् । स्थानीयले सुस्मालाई ट्रकले लतारेर ल्याएको र ब्याक गरेर किचेको दाबी गरेका छन् ।ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ ।

ना ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको चक्काले किचेको अवस्थामा प्रहरीले मृतकको शव निकालेको थियो ।

ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएपछि उत्पन्न तनावलाइ नियन्त्रणमा लिनको लागि  घटनास्थलमा प्रहरीले अश्रुग्यास हानेको थियो। दुर्घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले बताएको छ । काठमाडौंको बागबजार बस्दै आएकी सुस्माको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ताले जानकारी दिए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्