sevenstartv.com २० वैशाख २०८३, आइतवार

पूर्वी चितवनको धानखेतीमा गाँज होचो हुने र बोट मर्ने समस्या

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । पूर्वी  चितवनको रत्ननगर, खैरहनी एवम् भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा समस्या देखिएको छ । कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानकाअनुसार रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्व जिङ्कको कमी देखिएको छ यसका कारण गाँज होचो हुने, बोट मर्ने र रोपेको ठाउँ बाँझो हुने समस्या देखिएको उनले जानकारी दिए।

यसलाई रोक्नका लागि सेरामिन जिङ्क खाद्यतत्व प्रयोग गर्न उनले कृषकलाई सुझाव दिए । यो स्प्रे गर्दा प्रतिलिटर पानीमा एक ग्राम प्रयोग गरेर गर्न सकिने अधिकृत चौहानले बताए । उनकाअनुसार धानमा एमोनियम सल्फेक्टको प्रयोग बढी भएको देखिएको छ ।पूर्वी चितवनमा गरिएको अवलोकनका क्रममा तीन प्रतिशत धानमा फल्फर टक्सीसिटी देखा परेको उनले बताए ।

यो समस्या वर्षासँगै समाधान हुँदै जाने उनले बताए। धानबालीमा भन्दा पनि अन्य बालिमा यसको प्रयोग गरेको र त्यसैको असर अहिले देखिएको अधिकृत चौहानले बताए । भरतपुर महानगरपालिका क्षेत्रमा लगाइएको धानमा पोटासको खाद्यतत्वको कमी र गवारो देखिएको छ । उनकाअनुसार कार्यालयमा दैनिक चारदेखि पाँच वटासम्म समस्या आउने गरेको र ती सबै पोटासको कमी र गवारोको समस्या रहेका छन् । धान रोपेको एक महिनामा नै समस्या देखिन थालेपछि उत्पादनमा कमी आउने आकलन कार्यालयले गरेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्