सिन्धुलीमा बोलेरो दुर्घटना : दुईजनाको मृत्यु, ११ घाइते
काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका-२ मा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको प्रहरीले बताएको छ । मृतकको पहिचान खुलेको छैन । घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बीपी राजमार्ग अवरुद्ध भएको छ।
