उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ।
ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ । ६१ वर्षीय रेग्मीको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।
पर्वतका स्थायी बासिन्दा रेग्मीका श्रीमती र एक छोरी रहेका छन् । उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ ।
उनी न्यायप्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए ।
