sevenstartv.com २० वैशाख २०८३, आइतवार

मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट-घुर्मी सडक खण्ड अवरुद्ध

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । पहिरोका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट-घुर्मी सडक खण्ड अवरुद्ध भएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ अक्करे भीरमा वर्षासँगै पहिरो, ढुङ्गा र माटोसहितको लेदो खसेपछि सडक अवरुद्ध भएको हो । आज बिहान पौने ६ बजेदेखि नै दुवैतर्फको सडक अवरुद्ध भएको प्रहरीले बताएको छ । 

सडक  अवरुद्ध हुँदा पहाडी जिल्लाहरू खोटाङ, ओखलढुंगा, सोलुखुम्बुबाट राजधानी काठमाडौं हिँडेका सवारी साधन र काठमाडौंबाट ती जिल्लाका लागि आएका सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्