sevenstartv.com २० वैशाख २०८३, आइतवार

सर्पले डस्दा ६ वर्षीया बालिकाको मृत्यु

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । मोरङको केराबारी गाउँपालिका-९ स्थित स्कुल चोकमा सर्पले डस्दा ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बुधबार साँझ सर्पले डस्दा स्थानीय मनोज पण्डितकी छोरी प्रतिमा पण्डितको मृत्यु भएको हो । विद्यालयबाट  साँझ घर फर्केपछि शौचालयमा गएको बेला प्रतिमालाई  सर्पले डसेको बताइएको छ ।  

बालिकालाई उपचारका लागि तत्काल इटहरीस्थित सर्प दंश उपचार केन्द्र लगिएको  थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विराटनगरको अस्पतालमा रिफर गरिएको थियो । अस्पताल पुर्‍याउँदा चिकित्सकले बालिकाको मृत्यु भएको घोषणा गरे।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्