भीरबाट लडेर बालिकाको मृत्यु
काठमाडौं । जाजरकोटमा भीरबाट लडेर बालिकाको मृत्यु भएको छ ।
छेडागाड नगरपालिका-१ जाल्माका डिलबहादुर नेपालीकी छोरी १४ वर्षीया मनिषाको मृत्यु भएको हो । बुधबार घर नजिकैको जङ्गलमा घाँस काट्न गएको वेला उनी भीरबाट लडेको प्रहरीले जनाएको छ ।
