sevenstartv.com २० वैशाख २०८३, आइतवार

'स्वास्थ्य बीमामा सबैलाई ५ लाख दिने भनेका होइनौँ'

३० साउन २०८१, बुधवार स्टार संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई व्यवस्थित गर्न सकिएको अवस्थामा मात्रै स्वास्थ्य सुविधा सहज र सरल बन्नसक्ने बताएका छन् । 

आज कान्ति बाल अस्पतालको मानसिक रोगको अन्तरंग सेवा शुभराम्भ गर्दै उनले स्वास्थ्य बीमामा राज्यका विभिन्न निकायहरुले दिएका सुविधाहरुलाई स्वास्थ्य बीमासँग एकीकृत प्रणालीमा ल्याउन जरुरी रहेको बताएका हुन् ।

उनले सरकारले स्वास्थ्य बीमालाई थप व्यवस्थित गर्नसके मात्रै स्वास्थ्य सुविधाहरुलाई सहज, सरल र प्रभावकारी बनाउन सकिने बताए । उनले सरकारले युनिभर्सल कभरेजको रुपमा स्वास्थ्य बीमाको व्यवस्था गर्न खाजेको बताएका छन् । उनले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमाका लागि गरेको प्रस्तावमा व्यापक टिकाटिप्पणी भइरहेको भन्दै मन्त्रालयले सबैलाई स्वास्थ्य बीमा ५ लाख दिने नभनेको स्पष्ट पारे  । 

स्वास्थ्यमन्त्री पौडेलले सरकारले बनाएको ८ वटा नसर्ने रोगहरुको सूचीअनुसार नसर्ने क्रोनिक रोग लागेका बिरामीहरुलाई कम्तिमा ५ लाख दिने प्रस्ताव गरिएको बताएका हुन् । उनले सामान्य रोग भएका बिरामीलाई १ लाखमा नै स्वास्थ्य उपचार गरिने बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्