sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

आजको मौसम : यी प्रदेशमा हिमपातको सम्भावना

७ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली छ। तराईका केही भागमा हुस्सु लागेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । 

महाशखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ भने उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा  हल्का हिमपातको सम्भावना  छ । 

राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली  रहने छ भने उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्