कुलेश्वरको काजु गोदाममा प्रहरीको छापा
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त कालीमाटीले काठमाडौँको कुलेश्वरमा रहेको काजु गोदाममा छापा मारेको छ । भन्सार छलेर ल्याएको सामान राखेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त कालीमाटीले छापा मारिरहेको छ ।
मारवाडी समुदायका व्यापारीले सो गोदाम सञ्चालन गरेका हुन् । शङ्कास्पद वस्तुहरू हुनसक्ने आशङ्कामा कुलेश्वरमा टिम पठाइएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए ।अवैध सामान भएको आशङ्कामा चेकजाँच गर्न टिम परिचालन गरिएको बताइएको छ ।
