sevenstartv.com २० वैशाख २०८३, आइतवार

कालीगण्डकी करिडोर अवरुद्ध

३० साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।  

मुख्य करिडोर एक सातादेखि बन्द थियो । सहायक सडकबाट सवारीसाधन सञ्चालन हुँदै आएकामा मंगलबार रातिको पहिरोले सो क्षेत्रको आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरोले करिडोरको केही भाग भासिएपछि भारी सवारीसाधन महिना दिनअघिदेखि नै बन्द भएका थिए । करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङमा सञ्चालन हुने यायातातका साधन पनि बन्द भएकाे छ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्