sevenstartv.com २० वैशाख २०८३, आइतवार

पोर्चुगलमा राहदानी घुम्तिसेवा सम्पन्न

३० साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडाैं । पोर्चुगलको लिस्वनमा राहदानी घुम्तिसेवा सम्पन्न भएको छ ।

नेपाल सरकार परराष्ट मन्त्रालय राहदानी विभाग काठमाडौं र नेपाली राजदुततवास पेरिसदद्वारा पोर्चुगलको लिस्वनमा यहि ०२ अगस्ट २०२४ देखी १३ अगस्ट २०२४ सम्म राहदानी नवीकरण घुम्तिसेवा सम्पन्न भएको हो ।

 घुम्तिसेवाबाट ३८२९ जना नेपालीले आफ्नो राहदानी नवीकरणको सेवा लिएका छन् । घुम्तिसेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली राजदुतावास पेरिसबाट तृतीय सचिव र स्थानिय कर्मचारी सहभागी भएका थिए ।

घुम्तिसेवाको व्यवस्थापन गैर आवासी नेपाली संघको राष्टिय समन्वय समिति पोर्चुगलले गरेको थियो । पोर्चुगलमा हाल ५० हजार भन्दा बढि नेपालीहरु छन् । तत्काल समस्याको रुपमा देखिएको कागजात प्रमाणिकरण सम्बन्धी समस्या समाधान गर्न नेपाली राजदुतावास,पेरीस गम्भिर भएको र यस्ता समस्या समाधान गर्न राजदुतावास प्रयत्नशील रहेको विज्ञप्तिमा उल्लेख छ । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्