नारायणघाट-बुटवल सडकखण्ड अवरुद्ध
काठमाडौं । पूर्व-पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्ड पुन: अवरुद्ध भएको छ ।
दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहँदा मंगलबार राति लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
मंगलबार दिनभर भासिएको सडक मर्मतको काम नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर पहिरो झरेपछि बिहान पौने ५ बजेदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।
बाटो एकतर्फी भए पनि सञ्चालनका लागि प्रयास भइरहेको जनाइएको छ ।
