sevenstartv.com २० वैशाख २०८३, आइतवार

एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्छौं : प्रधानमन्त्री ओली

२९ साउन २०८१, मङ्गलवार स्टार संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने बताएका छन् । 

आज काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा उनले बालबालिका सडकमा हुनु नहुने बताएका हुन् । उनले बालबालिकाहरु अभिभावकबिहीन भएर सडकमा अलपत्र पर्ने अवस्थाको अन्त्य गर्ने बताए । 

उनले  बालबालिकालाई सडकमा अलपत्र भएको हेर्न नसक्ने बताएका छन्  । उनले उनीहरुको रेखदेख, सन्तुलित आहार दिने, स्याहारसम्भार गर्ने, उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने कर्तव्य राज्यको भएको बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्