सडक व्यवस्थित गरेर मात्रै यातायात सञ्चालन गर्न सरकारसँग दाउन्नेवासीको माग
काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा दिगो रुपमा सञ्चालन हुनेगरी निर्माण गर्न सरकारसँग स्थानीयवासीले माग गरेका छन् ।
सोमबार राति सडक भासिएसँगै पूर्व-पश्चिम राजमार्गको यातायात आवागमन बन्द भएको थियो । भासिएको सडक मर्मत गरेर यातायात सुचारु गरेपनि त्यसले आगामी दिनमा क्षति गर्नसक्ने भन्दै स्थानीयहरुले क्षति नहुने गरी सडक मर्मत गर्न सरकारसँग आग्रह गरेका हुन् ।
पूर्व-पश्चिमको लाइफ लाइनका रुपमा रहेको यो सडक खण्ड बिग्रिए यात्रुहरु अलपत्र हुने दाउन्नेवासीले बताए । बिरामीहरुलाई सास्ती नदिन र जतिसक्दो छिटो बाटो मर्मत गरी २४ सै घण्टा सुचारु हुने वातावरण बनाइदिन आग्रह गरे ।
सरकारले नागरिकलाई सहज हुनेगरी बनाउन र लापरवाही गरेर बस्न नहुने बताएका छन् । सरकारले अहिले सामान्य मर्मत गरेर मात्रै यातायात सञ्चालन गरेको भए पनि व्यवस्थित रुपमा सडक बनाइ सञ्चालन गरिदिए स्थानीयवासी खुशी हुने बताएका छन् ।
