ठोस्ने खोलाले बगाएर एक जनाको मृत्यु
काठमाडौं । ललितपुरको कोन्जोसोम गाउँपालिका-३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ ।
सोही गाउँपालिका-१ दलचोकी बस्ने काभ्रेको पनौती घर भएकी प्रमिला भण्डारीकी छोरी साढे दुई वर्षीया प्रिन्सिका भण्डारीको मृत्यु भएको हो ।
खोलाले बगाएर आइतबारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा रूखको हाँगामा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।
