sevenstartv.com २० वैशाख २०८३, आइतवार

रुखले किच्दा एक महिलाको मृत्यु

२९ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । लमजुङमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजे सुन्दरबजार नगरपालिका–१ कुन्छाका ८२ वर्षीय लीलादेवी मिश्रको मसत्यु भएको हो । 


मृतक मिश्र घरदेखि एक सय मिटर दूरीमा रहेको कुवामा पानी भर्न जाने क्रममा रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ । कुवाभन्दा अन्दाजी १० मिटरमाथि रहेको काब्रोको रुख एक्कासी ढल्दा मिश्रको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । 

पानी परिरहेकाले जमिन भासिँदा रुख ढलेको हुनसक्ने अनुमान छ । प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ ।  शव परीक्षण गर्न बेंसीसहर ​ नगरपालिका–८ स्थित जिल्ला अस्पताल ल्याइँदै छ । मृतक मिश्रकी श्रीमान् र तीन छोरा बुहारी रहे पनि घरमा श्रीमान् मात्रै बस्दै आएको प्रहरीले जनाएको छ ।
 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्