यस्तो छ आजको मौसम
काठमाडौं । आज देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली प्रदेशका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ । देशका बाँकी भूभागमा भने मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।
आज बिहान तराईका धेरै जिल्लाका साथै उपत्यकाहरुमा हुस्सु र कुहिरो लागेको छ। यसले जनजीवन प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।
आज राति कर्णालीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली भइ एक/दुई ठाउँमा हिमपात हुने सम्भावना रहेको छ ।

.gif)