देशभर एनसेलको सेवामा समस्या
काठमाडौं । निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्क डाउन भएको छ । देशभर आज टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या आएको हो ।एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
एनसेलले आफ्नो फेसबुक पेजमार्फत् दिउँसो ३ः४८ बजेबाट यस कम्पनीले प्रवाह गर्दै आफ्ना सेवामा प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको बताएको छ । एनसेलको सेवा रोकिँदा उपभोक्ता प्रभावित भएका छन् ।प्राविधिक समस्याका कारण परेको असुविधाका कारण क्षमा माग्दै यथाशीघ्र सेवा सुचारुको काम भइरहको एनसेलले जनाएको छ ।
।
