पेस्तोलसहित एकजना युवक पक्राउ
काठमाडौं । झापाको दमकबाट पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । दमक नगरपालिका–८ घर भएका ३६ वर्षीय सञ्जिव गजमेर पक्राय परेका हुन् ।
आज दमक नगरपालिका-५ मा को.३८ प ५६४९ नम्बरको स्कुटर चेकजाँच गर्दा स्कुटरको अगाडीपट्टि लुकाएर राखेको अवस्थामा पेस्तोल भेटिएको प्रहरीले बताएको छ ।
आरोपीको साथबाट प्रहरीले ‘मेड इन इटली’ लेखिएको पेस्तोल र सो पेस्तोलमा लाग्ने दुईथान म्याग्जिन बरामद गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको छ ।
