सर्लाहीमा २ सय बोरा चिनी बरामद
काठमाडौं । सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २ सय बोरा चिनी बरामद भएको छ ।
आज इलाका प्रहरी कार्यालय केश्वरगञ्जको टोलीले ईश्वरपुर नगरपालिका-५, सखुवनी टोलबाट चिनीसहितको मिनी ट्रक पक्राउ गरेको हो । बरामद भएको चिनी सात लाख रुपैयाँ बराबरको छ ।
बयलवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १६०० नम्बरको ट्रक जाँच गर्दा बिलविजकमा कैफियत देखिएपछि नियन्त्रण लिएको प्रहरीले जनाएकाे छ ।
ट्रक चालक ताप्लेजुङ जिल्लाको आठराइ त्रिवेणी गाउँपालिका-२, निवासी ३७ वर्षका झलक लिम्बूलाई नियन्त्रण लिई कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा पठाएको प्रहरीले बताएकाे छ ।
