sevenstartv.com २० वैशाख २०८३, आइतवार

च्याउखेतीबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी

२७ साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । जलजला गाउँपालिका वडा नम्बर ८ फर्सेकी सावित्री खत्रीले व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । बितेको १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट वर्षको १० लाख रुपैयाँभन्दा धेरै आम्दानी गर्न थालेको बताए।

तीनवटा टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र  कुश्माबजारमा बिक्री हुने गरेको उनले बताए । अहिले गोब्रे च्याउ प्रतिकिलो पाँच सय र कन्ये च्याउ दुई सय रुपैयाँमा बिक्री हुँदै आएको छ ।   

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्