पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
काठमाडौं । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।
सुर्खेत-जुम्ला सडक अन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि सञ्चालनमा आएको हो ।
पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको बताइएको छ । उक्त स्थानमा सानाठूला पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ ।
पर्याप्त बजेट नहुँदा समय-समयमा राजमार्गको स्तरोन्नति गर्न कठिनाइ भएको छ । स्थानीयवासीले अविलम्ब सडकको स्तरोन्नति गर्न माग गरेका छन् ।




















