sevenstartv.com २० वैशाख २०८३, आइतवार

मल कारखाना स्थापनामा चीनले सघाउने

२६ साउन २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं ।नेपालमा रासायनिक मल कारखाना स्थापनामा गर्न चीन सरकारले सघाउने भएको छ । आउँदो एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताए । सम्पादकसँगको छलफलमा चिनियाँ राजदूतले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेबित्तिकै काम थाल्ने बताए।

नेपालमा प्रचुर मात्रामा उपलब्ध बिजुली र पानीको उपयोग गरेर मल कारखाना सञ्चालन गर्ने आफुहरुको लक्ष्य रहेको उनको भनाइ छ । नेपालमा मल कारखाना खोल्ने विषयमा झन्डै ३८ वर्षदेखि पटक–पटक अध्ययन भए पनि अहिलेसम्म के गर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन ।सन् १९८४ मा जाईकाको अध्ययन प्रतिवेदनले नेपालमा हावाबाट नाइट्रोजन ग्यास निकालेर मल कारखाना स्थापना गर्न सकिने सुझाएको थियो ।

त्यसयता सरकारले रासायनिक मल कारखाना खोल्न सात पटक अध्ययन गरिसकेको छ ।सरकारले आर्थिक वर्ष २०६८र६९ को बजेटमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाको घोषणा गरेको थियो । सरकारले सम्भाव्यता अध्ययनको जिम्मा लगानी बोर्डलाई दिएको छ । लगानी बोर्डले सम्भाव्यता अध्ययनको काम गरिरहे पनि अहिलेसम्म टुङ्गो भने लागेको छैन । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्