sevenstartv.com २७ मंसिर २०८२, शनिवार

काठमाडौंमा चिसो बढ्यो

१९ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । न्यूनतम तापक्रम घटेसँगै काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहान पौने ९ बजे जारी गरेको बुलेटिन अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षकै कम तापक्रम हो । 

काठमाडौंमा आज बिहान हावाको गति तीन किलोमिटर प्रतिघण्टा रहेको थियो भने आर्द्रता ७५ प्रतिशत रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी ५ किलोमिटर रहेको छ भने एक हजार पाँच सय फिटको उचाइमा केही बादल रहेको छ ।

महाशाखाका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम रहेको छ । जुम्लामा आज माइनस ५.५ डिग्री सेल्सियस रहेको छ । यसपछिको कम तापक्रम काठमाडौंको हो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्