sevenstartv.com २० वैशाख २०८३, आइतवार

तार जाली भत्काएको आरोपमा धरान नगर प्रहरीका असईसहित तीन जना पक्राउ

२६ साउन २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं ।  प्रदेश सरकारको लागतमा बाढी र कटान नियन्त्रणका लागि बनाएको तार जाली ग्याविन भत्काएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला प्रशासन कार्यालय सुनसरीमा धरानका मेयर हर्क साम्पाङको निर्देशनमा ग्याबिन भत्काएको भन्दै उजुरी परेको थियो । सोही उजुरीका आधारमा धरान नगर प्रहरीका असईसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।  

तार जाली भत्काएका आरोपमा धरान १३ की भारती राई राजकुमार राई र पारु राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको  हो । धरान १३ का वडा अध्यक्ष नेत्र काफ्लेले तार जाली भत्काएको भन्दै ५ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

केही दिनपछि साँझको बेला नगर प्रहरी पठाएर उक्त जाली भत्काइएको थियो ।तार जाली भत्काउन नेतृत्व गर्ने नगर प्रहरीका असई सुरेश माग्रतीलाई भने आइतबार आफै कार्यालयमा हाजिर गराउने जनाएका छन् । उनलाई भने प्रहरीले हाजिर हुने शर्तमा छाडेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्