sevenstartv.com २० वैशाख २०८३, आइतवार

बाढी, पहिरो र डुबानमा परेर १७० जनाको मृत्यु

२५ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी आज दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ । 

बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको हो ।  

ती घटनाहरुमा २०३ जना घाइते भएका छन् ।  ४८ जना बेपत्ता भएका छन् । बाढीका कारण जम्मा ३८४ घर डुबानमा परेका छन् । २ सय ७० वटा घर, १ सय २ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । 

उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार २ सय ९७ घर परिवार विस्थापित भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्