sevenstartv.com २० वैशाख २०८३, आइतवार

निर्मला कुर्मी हत्याको मुख्य अभियुक्तलाई मन्त्री बनाएको विरोधमा माइतीघरमा धर्ना सुरु

२५ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौँ । निर्मला कुर्मी हत्याको मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै आजदेखि माइतीघरमा धर्ना सुरु भएको छ । 

कलङ्कीदेखि हिंड्दै आएको निर्मला कुर्मीको न्यायको लागि सङ्घर्षरत समूहले मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै मन्त्री बनाएको विरोधमा पाँचौ चरणको आन्दोलन सुरु गरेको हो । उनीहरुले रूबी खानको नेतृत्वमा आज माइतीघरमा धर्ना सुरु गरेका हुन ।

उनीहरूले “निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादसाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्‍याउनुपर्ने, आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने” लगायतका मागहरू राखेका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्