काठमाडौं प्लाजा नजिकको सडकमा भ्वाङ
काठमाडौं । काठमाडौं प्लाजा नजिकको सडक भासिएका कारण सडक अवरुद्ध भएको छ ।
काठमाडौं महानगरपालिका कार्यालय नजिकै रहेको सडकमा भ्वाङ परेपछि रातिदेखि सडक अवरुद्ध भएको हो ।
दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो ।
