sevenstartv.com २७ मंसिर २०८२, शनिवार

पहाडी भूभागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

२४ कार्तिक २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ ।

कोशी प्रदेशलगायत देशको पहाडी भू(भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । साथै यी प्रदेशका पहाडी भू(भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू(भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

आज राति देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागका एकरदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्