sevenstartv.com २४ मंसिर २०८२, बुधवार

संघीय अस्पतालमा डेङ्गु रोगको उपचार निःशुल्क हुने

२५ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल सरकारका संघीय अस्पतालमा डेङ्गु रोगको उपचार निःशुल्क हुने भएको छ ।

डेङ्गुको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघीय अस्पतालमा डेङ्गुको निःशुल्क उपचारको व्यवस्था गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले सङ्घीय अस्पतालमा डेङ्गु सङ्क्रमित बिरामीको उपचार निःशुल्क हुने बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले स्वास्थ्यमन्त्रीको निर्देशनमा संघीय अस्पतालमा निःशुल्क डेङ्गुको उपचार गर्ने निर्णय भएको बताए । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्