हेलिकप्टर दुर्घटनाका मृतकको पोष्टमार्टम शुरू
काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेर मृतक भएकाको पोष्टमार्टम शुरू भएको छ ।
सुरक्षा टोलीले संकलन गरेर बुधबार त्रिवि शिक्षण अस्पताल पुर्याएको शवको पोष्टमार्टम थालेको जनाइएको हो । मृतकको उचाइ, तौल, शरीरमा भएको दाग वा ट्याटुका आधारमा शव पहिचान गरिन्छ । तर यसरी पत्ता नलागेमा औँठाछाप, दाँत र डीएनएबाट परीक्षण गरिन्छ ।
बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर ३ मिनेटमै नुवाकोटको शिवपुरी सूर्यचौर क्षेत्रमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट अरुण मल्लसहित पाँचजनाको मृत्यु भएको छ । चार चिनिया नागरिक हुन् ।
