बाँकेमा अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर आकस्मिक अवतरण
काठमाडौं । अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेको बगरमा आपत्कालीन अवतरण गरेको छ ।काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेमा आपत्कालीन अवतरण गरिएको हो।
आज दिउँसो साढे ४ बजे बैतडीका लागि उडेको उक्त हेलिकप्टरलाई मौसम खराबीका कारण राप्ती सोनारी गाउँपालिका वडा १ को बगरमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले बताए ।
