sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

पूर्वराजाबाट दशैंको टीका लगाउने सर्वसाधारणको भीड

२६ असोज २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।

शनिवार अपराह्न ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाई टीका लगाइदिएका हुन् ।

पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो ।


पूर्वराजा शाहले हरेक वर्ष वडा दशैंको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् ।

दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैंघर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्