sevenstartv.com २७ मंसिर २०८२, शनिवार

मनसुनी वायु कमजोर हुँदै केही दिन ठूलो पानी नपर्ने

२३ असोज २०८१, बुधवार स्टार संवाददाता


काठमाडौं । मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले केही दिन कतै पनि ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी प्रदेश र मधेस प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशलगायत मधेस प्रदेश र बाग्मती प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेस प्रदेश र बाग्मती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । 
 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्