असोजमा मनास्लु क्षेत्रमा २ हजार २ सय ७६ विदेशी पर्यटक
काठमाडौं । पछिल्लो समय भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य सुधार आएसँगै मनास्लु क्षेत्रमा २ हजार २ सय ७६ विदेशी पर्यटक असोज महिनामा भित्रिएका छन् । पर्यटकको आवागमन बढेपछि मनास्लु क्षेत्रका होटल तथा पैदलमार्गमा चहलपहल बढेको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार ९ सय २६ विदेशीले मनास्लुको भ्रमण गरेसँगै साउनमा ८० र भदौमा ५ सय ७० विदेशी पर्यटक भित्रिएका हुन् । फ्रान्स, स्पेन, नेदरल्यान्ड्स, चीन, जर्मनीलगायत देशका पर्यटक बढी मनास्लु क्षेत्र आएका हुन् ।
मनास्लु क्षेत्र आउने पर्यटक चुम र नुव्री उपत्यका हुँदै लार्के पास गर्ने गरेका छन् । सडक सञ्जाल विस्तार नहुँदा पदयात्रा गर्नेको रोजाइमा मनास्लु क्षेत्र पर्ने गरेको छ ।

.gif)