घट्यो सुनचाँदीको मूल्य आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं -नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ । यस्तै चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ।
सोमबार प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ३ लाख २ हजार २०० रुपैयाँमा झरेको हो।त्यस्तै, १० ग्राम सुनको मूल्य सोमबार २ लाख ६० हजार ५४५ रुपैयाँ रहेकामा मंगलबार २ लाख ५९ हजार ९० रुपैयाँ कायम भएको छ।यसैगरी सोमबार प्रतितोला ४ हजार ८०५ रुपैयाँ रहेको चाँदी मंगलबार ४ हजार ७७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।१० ग्राम चाँदीको मूल्य भने सोमबार ४ हजार १२० रुपैयाँ रहेकामा मंगलबार ४ हजार ९४ रुपैयाँ कायम भएको छ ।

















