दुई जना बिदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार
काठमाडौं । उत्तरी गोरखामा लेक लागेर बिरामी परेका दुई जना बिदेशी पर्यटकको उद्धार गरिएको छ ।
गोरखाको चुमनुब्री गाउँपालिका –६ रिपचेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका अमेरिकन नागरिक इरिक कोनेल ओलराज र स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिहालको बिदेशी पर्यटकको सोमबार उद्धार गरिएको हो । सोमबार बिहान ७ बजे अल्टिच्युड एयरको हेलिकप्टरमार्फत दुबै जनालाई राजधानीको रिद्धी इन्टरनेश्नल हस्पिटल लगिएको हो ।
दुबै पर्यटकलाई आइतबार नै उद्धार गर्ने प्रयास असफल भएपछि आबश्यक कानुनी प्रक्रिाया पूरा गर्दा उद्धारमा ढिलाइ भएको बताइएको छ ।

.gif)