sevenstartv.com २९ मंसिर २०८२, सोमवार

सिन्धुपाल्चोकसहित ४ जिल्लामा भारी वर्षा

१७ असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल आज बिहान कोसी प्रदेशका झापा, इलाम, मोरङ, सुनसरी आसपासका क्षेत्रमा तथा बागमती प्रदेशका काठमाडौं ललितपुर, सिन्धुपाल्चोक आसपासका क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

महाशाखाले जनाएअनुसार पछिल्लो २४ घण्टामा इलाम, मोरङ, सुनसरी जिल्लाका थोरै स्थान तथा सिन्धुपाल्चोक जिल्लाका एकदुई स्थानमा भारी वर्षासमेत भएको छ ।हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्