sevenstartv.com २९ मंसिर २०८२, सोमवार

आज र भोलि ठूलो पानी पर्ने सम्भावना

१६ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले आज र भोलि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ । अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ ।

मौसम शाखाको मौसमविद् गोविन्द झाले कोशी प्रदेशका केही स्थानमा, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको बताए ।  महाशाखाले मंगलबार साँझ जारी गरेको तीनदिने मौसमी बुलेटिनमा देशभर मनसुनी वायु र भारतको उत्तर-पूर्व असाम र आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख छ ।

विभागका अनुसार हाल कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्