sevenstartv.com २९ मंसिर २०८२, सोमवार

आज लगातार झरीको सम्भावना : भोलि पश्चिमतिर झरी बढ्ने

११ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । आज लगातार झरी पर्ने मौसमविद्ले बताएका छन् ।

भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान छ । बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले देशभर वर्षा भइरहेको छ । त्यसको प्रभावले देशभर मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

यस क्रममा केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले त्यसबाट हुन सक्ने विपदबाट जोखिन देशभर नै उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

अझै ४८ घण्टा लगातार झरी पर्ने सम्भावना रहेको मौसमविदको भनाई छ । आज मध्य पहाडी क्षेत्रमा भारी वर्षाको धेरै सम्भावना छ । गत २४ घण्टाको वर्षाको विवरण हेर्दा पूर्वी र पश्चिम तराईमा धेरै वर्षा भएको देखिन्छ भने बाँकी भागमा मध्यम र हल्का वर्षा भएको छ ।

गत २४ घण्टामा झापाको केचना र मोरङको विराटनगर एयरपोर्टमा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केचनामा १७५ मिलिमिटर र विराटनगर एयरपोर्टमा १५१ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

झापाको गौरादह, उदयपुरको सुन्दरपुर र सप्तरीको रुपना बजारमा पनि अत्यधिक वर्षा भएको छ । यसैगरी झापाकै चन्द्रगढी एयरपोर्ट, इलामको कन्काईमाई चुली, कन्याम टि स्टेट, सप्तरीको कल्याणपुर र सिरहामा एकसय मिलिमिटर भन्दा बढी वर्षा भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्