sevenstartv.com २९ मंसिर २०८२, सोमवार

नदी जलाधार क्षेत्रको मानवबस्तीमा शतर्कता अपनाउन विज्ञहरुको आग्रह

१० असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । देशभर अस्वभावीक मनसुनी वर्षा हुने भएकाले नदी जलाधार क्षेत्रको मानवबस्तीमा शतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।

बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्युनचापिय प्रणालीको प्रभावको कारण बिहीवार दिउँसोदेखि आईतवारसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । वर्षाको यो पूर्वानुमानलाई विज्ञले सामान्य मनसुनी वर्षा भन्दा फरक चरित्रको रहेको भन्दै उच्च शतर्कता अपनाउनुपर्नेमा जोड दिएका हुन् ।

विशेष गरेर नदी जलाधार क्षेत्रमा मुसलधारे वर्षा हुनसक्ने भएकाले जलाधार तटिय क्षेत्र र आसपासका राजमार्गमा पनि ठूलो क्षति हुन सक्ने भन्दै सचेत र शतर्क रहन विज्ञले सुझाएका छन् । साथै धान भित्र्याउने समय पनि भएकाले काटिसकेको धान बिहीबार दिउँसोसम्म थन्क्याउन र नकाटेको धानलाई आईतवारसम्म यथास्थितिमा नै राख्न पनि सुझाव दिएका छन् ।

विज्ञहरुले अत्यावश्यक बाहेकको लामो यात्रा नगर्न पनि सुझाव दिएका छन् । भारी वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने भएकाले यसबाट हुनसक्ने हानी नोक्शानी कम गर्न सरोकारवाला निकायसँगै सर्वसाधरण पनि सचेत हुनुपर्नेमा उनीहरुको जोड छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्