sevenstartv.com २९ मंसिर २०८२, सोमवार

यस्तो छ आजको मौसम

१० असोज २०८१, बिहिवार स्टार संवाददाता

आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको महमशाखाले जनाएको छ ।  

 

आज राती देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्