sevenstartv.com २९ मंसिर २०८२, सोमवार

आइतवारसम्म भारी वर्षा हुने भन्दै ५६ जिल्लामा 'रेड अलर्ट'

९ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । जल तथा मौसम विभागले आगामी आइतबार विहान सम्म सातै प्रदेशमा भारी वर्षा हुने जनाएको छ ।

विभागले बुधबार दिउँसो विशेष मौसम बुलेटिन जारी गर्दे देशका केहि स्थानमा अत्याधिक वर्षा हुने भन्दै चेतावनी दिएको हो । यो अवधिमा बाढी पहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ वटा जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् ’रेड अलर्ट’ मा राखेको छ ।

वर्षा गराउने प्रणाली नेपाल नजिक झन् शक्तिशाली बनेकाले भारी वर्षा हुने विभागले जनाएको छ । विभागले यसअघि नै धान नकाट्न किसानलाई आग्रह गरिसकेको छ । यस्तै ट्रेकिङमा पनि नजान विभागको आग्रह छ ।

कोशी, बाग्मती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बाग्मती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भने अति ठूलोे वर्षाको सम्भावना छ ।

’रेड अलर्ट’ भएका जिल्लामा झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम र पाँचथर रहेका छन् ।

यस्तै, सिरहा, सप्तरी, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप रहेका छन् । यसैगरी म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा, मनाङ, रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा कैलाली, डोटी र अछाम रहेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्