sevenstartv.com २९ मंसिर २०८२, सोमवार

आजकाे माैसम : यी प्रदेशमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

९ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । आज देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ।कोशी, बागमती र गण्डकी  प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती , गण्डकी र सुदुरपश्चिम  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्