केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखालु जनाएको छ ।
आज राती कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

.gif)