बर्दियामा एक महिलाको हत्या
काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका-५ तर्कापुरमा एक महिलाको हत्या भएको छ । गएराति १२ बजेर २० मिनेटेमा बारबर्दिया नगरपालिका वडानम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु (पप्पु) ले ३९ वर्षीया मीना थारुको हत्या गरेका हुन् ।
मीनाका श्रीमान वैदेशिक रोजगारीमा विदेशमा रहेको प्रहरीको भनाइ छ । मीना र पप्पुको एक गाडीमा शेयर रहेको र उनीहरुबीच विवाद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा गाडी चालक मीनाको घरमा आएपछि दुईबीच विवाद भएको थियो । त्यसपछि पप्पुले चक्कु प्रहार गरेर हत्या गरेका थिए ।
हत्यापछि फरार भएका शिवप्रसाद थारुलाई प्रहरीले बारबर्दिया नगरपालिका वडानम्बर ५ को सिटीबरेली क्षेत्रबाट पक्राउ गरेको छ।

.gif)