sevenstartv.com १ पुष २०८२, मङ्गलवार

यस्तो छ आजको मौसम

२ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । आज देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखि मूख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भुभागका थोरै स्थानहरु तथा बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राती कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखी मूख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्