sevenstartv.com ८ चैत २०८२, आइतवार

आज विश्वकर्मा पूजा

१ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । असोज संक्रान्तिको अवसरमा आज विश्वकर्माको पूजा गरिँदैछ । शिल्प र प्रविधिसम्बन्धी काम गर्नेहरूले विश्वकर्माको पूजा-आराधना गर्छन् । यो दिन विश्वकर्मासँगै बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रको पूजा गर्ने चलन छ ।

प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन् । विश्वकर्मा खुशी भए उनको गुण आफूमा प्राप्त हुने विश्वासमा कालिगढ उनको पूजा-आराधना गर्छन् ।

विश्वकर्मा विशेषगरी प्रविधि र शिल्पका देवता मानिन्छन् । पौराणिक तथा संस्कृत साहित्यमा  विश्वकर्मा ठूला वास्तुविद् भएको उल्लेख छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्